साझा नेटवर्क
काठमाण्डौ, फागुन २१।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभएको छ । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता रातारात भएको नभइ लामो समयको छलफलपछि सम्भव भएको बताउनुभयो । सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यम बाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend