logo
  • शुक्रबार, असोज ९ २०८३

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो, ७ को सनाखत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चितवन, भदौ १०।
नारायणगढ-मुग्लिन सडक खण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतक मध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनाग्रस्त बसको पाङ्ग्रामा किचिएको अवस्थामा दिउँसो एक बजे एक महिलाको शव भेटिएपछि मृतकको संख्या २२ पुगेको नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी नारायणसिंह खड्काले जानकारी दिए ।
muglin-bus
उनका अनुसार सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् । यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव, मधुवल्ला ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।

दुर्घटनास्थलमा चितवन प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवर, चितवन ट्राफिक प्रहरी प्रमुख राजन भेटवाल, इलाका प्रहरी कार्यालय मुग्लीनका प्रमुख योगेन्द्रबहादुर हमाल र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन केन्द्रको टोली दुर्घटना स्थलमा छन् ।

रौतहटबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस शुक्रबार बिहान पाँच बजे चण्डिभञ्ज्याङ ६ कालिखोला भन्ने स्थानबाट झण्डै एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend