logo
  • सोमबार, असोज १२ २०८३

राष्ट्रिय युवासंघ गुल्मीको संयोजकमा पाण्डे चयन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी फागुन १९ ।
गुल्मीमा केपी ओली पक्षको राष्ट्रिय युवा संघ गुल्मीको संयोजक मोहन प्रसाद पाण्डेलाई चयन गरको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा शुखी नेपाली, समृद्ध नेपाल, न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने नाराका साथ अगुवा कार्यकर्ता भेलाले पाण्डेको संयोजकत्वमा २५१ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको हो ।

जसको सह–संयोजकमा हरि अधिकारी, सचिव रामकृष्ण न्यौपाने र कोषाध्यक्ष शुरेस भण्डारी रहेका छन् । भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला नेता, विभिन्न सगंठन, महिला संघ र राष्ट्रिय युवा संघका केन्द्रिय र जिल्ला सदस्यको तथा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend