साझा नेटवर्क
साझा नेटवर्क फागुन १७,काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ ।
सङ्क्रमित मध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमण मुक्त भएका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ ।
थपिएका तीन जना सहित नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित
रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend