साझा नेटवर्क
साझा नेटवर्क फागुन १५ गते ,काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार आठ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले सम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।
२४ घण्टामा थप ४८ जना निको भएका छन् ।
अहिले सम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमण मुक्त भएका छन् ।
नेपालमा अहिले नौ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन्
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend