logo
  • सोमबार, असोज १२ २०८३

गाउँ सभामा ६ जना उत्कृष्ट कर्मचारी हरुलाइ खादा, प्रशम्सा पत्र र नगद पुरस्कारले सम्मान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क  फाल्गुण १५-चुरामणि तिमिल्सिना गुल्मी -गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आइतबार देखि सातौ गाउँसभा सुरु गरेको छ ।

गाउँ सभामा ६ जना उत्कृष्ट कर्मचारी हरुलाइ खादा, प्रशम्सा पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा अग्रस्थानमा गाउँपालिकाका स्वास्थय शाखामा कार्यरत स्वास्थयो अधिकृत नारायण प्रसाद अर्याल रहनु भयो ।

गुल्मीदरबार गाउँपालिकामा जन्मनु भएका अर्यालले बि ।स।२०५४ साल देखि अमरअर्बाथोक उपस्वास्थ्य चौकि बाट आफ्नो सेवा सुरु गर्नु भएका हो ।

अर्याल तलुवा उपस्वास्थ्य चौकि ओखलढङगा , बलिथुम स्वास्थ चौकी गुल्मी , जुभुङ्ग स्वास्थ चौकि गुल्मी ,खज्याङ स्वास्थ चौकी गुल्मी , दरबार देबिस्थान स्वास्थ्य चौकि हुदै २०७४ साल देखि अर्याल गाउँपालिकाको स्वास्थ्य साखाको रुपमा प्रमुख जिम्मेवारी समाल्दै आउनु भएको छ ।

उहाँले यस पालिकामा आफु नियुक्ति भएपछी गाउटोल र बिध्यालय तहसम्म प्राथमिक उपचार सेवा कार्यक्रमलाइ सन्चालनमा ल्याउनुभयो भने उहाकै पहलमा गाउपालिकाले दिर्घ रोगिका लागि निशुल्क औषधि उपचार कार्यक्रम सन्चालनमा ल्याएको छ ।

गाउपालिकाबाट सन्चालन गरिएका प्रभाबकारि वडा स्तरिय, एकिकृत तथा अप्रेशन शिबिरहरु सन्चालनमा पनि उहाको ठुलो योगदान रहेको छ ।

गाउपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा समुहलाइ पुनर्जागरण गरि अहिले ति समुह हरु स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयमसेबिका समेतको उपस्थितिमा मासिक रुपमा प्रभाबकारि सन्चालन गरि नियमित रुपमा स्वास्थ्य सचेतना तथा सामाजिक ब्यबहार परिवर्तन सम्बन्धि कार्यक्रम सन्चालन भैरहेका छन जस्ले गर्दा स्वास्थ्य सम्बन्धि जनचेतनामा अभिबृद्दि भएको छ ।

गुल्मि दरबारका १५ वटा बिध्यालयमा उहाकै पहलमा किशोर किशोरिहरुका लागि लक्षित गरि बिध्यालय केन्द्रीत साथि शिक्षा कार्यक्रम सन्चालन हुदै आएको छ ।

गर्भवति , सुत्केरि तथा सुनौला १००० दिन भित्रका आमा तथा बच्चाहरुलाइ बिभिन्न प्याकेज हरु बितरण गर्दै अहिले नेपालमै नौलो कार्यक्रम कस्तो छ आमा प्रभाबकारि रुपमा सन्चालन भएरहेको छ गुल्मि दरबारमा रहेका ५५ जना स्वास्थ्यकर्मि तथा कर्मचारिहरु लाइ कुशलता पुर्बक सम्योजन गरि सबै वडामा सन्चालन हुने कार्यक्रम लाइ थप प्रभाबकारि हुने बातावरण बनाउनुभएको छ म भन्दा पनि हामि भन्ने भावना राख्ने हो भने काम गर्न सहज हुने उहाको कथन छ ।

स्थानिय तह शुरु हुनुपुर्ब कुनैपनि वडामा मापदण्ड अनुसारका स्वास्थ्य चौकि भबन थिएनन अहिले ३ वटा वडामा नया भवन बनि सन्चालनमा आएसकेका छन भने ३ वटा वडामा मापदन्ड अनुरुपमा भवन निर्माणाधिन रहेका छन ।

अहिले सबै स्वास्थ्य सस्थाहरुमा कम्प्युटर, पृन्टर , फोटोकपि को ब्यबस्था भएसकेको छ भने सबै वडामा इन्टरनेट जडानको पनि कार्यक्रम रहेको छ ।

यसै बर्ष ३ वटा वडाहरुमा २४ घन्टे बर्थिङ सेन्टर बिस्तार गरि सन्चालनमा ल्याइएका छन

यसै बर्ष गाउपालिकामा १५ बेडको अस्पताल को लागि जग्गा ब्यबस्थापन गरि शिल्यान्यास समेत भैसकेको छ स्थानिय सरकारको गठन पश्चात एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइ सन्चालनमा ल्याइएका छन ।

८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्यकर्मिहरुले मासिक रुपमा स्वास्थ्य सेवा प्रबाह भैरहेको छ ।

गाउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत को मार्गनिर्देशन अनि सबै जनप्रतिनिधिको समर्थन साथै सम्पुर्ण स्वास्थ्यकर्मि एबम कर्मचारिहरुको साथ सहयोगले आफु सफल हुदै आएको अर्यालले बताउनुभयो ।

साथै आफुलाइ उत्साहित गर्ने गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका परिवार, सम्पुर्ण जनप्रतिनिधिहरु, सम्पुर्ण स्वास्थ्यकमि एबम कर्मचारिहरु, सबै राजनैतिक दलहरु, महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरु, स्वास्थ्य आमा समुहमा कृयाशिल महिला दिदिबहिनिहरु, बिध्यालय, सङ्घ सस्था, पत्रकार , सरोकारवालाहरु लगायत आम जनसुदाय प्रति आभार प्रकट गर्नुभएको छ ।

स्वास्थका हरेक कार्यक्रमलाइ सहजीकरण गर्न ग्रामीण भेगमा स्वास्थ स्यमसेविका सङै सहयात्रा गर्ने, स्वास्थ्य सङग सम्बन्धि नया नया जानकारि गराउने, महिला स्वास्थ स्यम सेबिकाका समस्याहरुलाइ पालिका सम्म ल्याइ पालिकाको बैठकमा प्रस्तुत गर्ने र सबैको मन जित्न सफ्ल भएको भन्दै पालिकाको सातौ गाउँ सभाबाट आफुलाइ सम्मान गरेको बताउनु भयो।

अर्याल यहाँ भन्दा पहिला पनि जिल्ला स्वास्थ कार्यलय बाट पटक पटक उत्कृष्ट रास्ट्रसेबक कर्मचारीको रुपमा सम्मान्नित भैइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend