साझा नेटवर्क
साझा नेटवर्क, फाल्गुण १४-दक्षिण कोरिया र हङकङले कोरोना भाइरस विरुद्धको
खोप अभियान सुरु गरेका छन् ।
दक्षिण कोरियाले आउँदो सात महिना भित्र देशका ७० प्रतिशत नागरिक लाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिम सम्ममा सबै वयस्क नागरिक लाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ ।
हङकङमा चीनले आविष्कार तथा उत्पादन गरेको सिनोभ्याक्स खोप प्रयोग गर्ने जनाइएको छ भने दक्षिण कोरियाले स्थानीय कम्पनी एसके बायोसाइन्सले आस्ट्राजेनेका सँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप र फाइजर कम्पनीको खोप प्रयोग
गर्ने जनाएको छ ।
गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीन बाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो ।
यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारी लाई नियन्त्रणमा लिएका थिए ।
दुवै देशले सन् २०२१ भरि नै खोप अभियान चलाउने बताएका
छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend