साझा नेटवर्क
साझा नेटवर्क, फाल्गुन १३, काठमाडौं, । नेपालमा कोरोना भाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ४११ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ८४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै ,सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका ८२ जनाको विवरण थप गरेको छ ।
बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।
विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको हो ।
बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ’केस’ लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend