logo
  • सोमबार, असोज १२ २०८३

घुस लिएको आरोपमा गैडहवामा कार्यरत दुई जना पक्राउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क १३ फागुन बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा
रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक
९इन्स्पेक्टर०सहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवाका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी सेवाग्राही सँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राही सँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend