logo
  • सोमबार, असोज १२ २०८३

तालिम प्रभाव : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,  गुल्मी फागुन १२।
हेफर इन्टरनेशनल नेपालको आधाशिला तालिमपछि तालिमका सहभागिहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । एकीकृत ग्रामिण विकास समाज गुल्मीद्धारा संचालित हेफर इन्टरनेशनल नेपालले मालिका गाउँपालिका –५ छापहिलेमा गत फागुन ९ गतेदेखि तीन दिनसम्म सकारात्मक सोच तथा स्व–नेतृत्व बृद्धि विकासका लागि तालिम दिएको थियो ।

तालिममा छापहिलेका २३ पुरुष सहभागि थिए । सकारात्मक सोचको तालिमपछि तालिमको अन्तिम दिन छापहिलेकै चारजना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई एक बर्षको लागि पुग्ने एक दर्जन कापी, कलम तथा ज्यामेट्री बक्स प्रदान गरेको हुन् ।

कक्षा ६ मा पढ्ने गिता घर्ती मगर, उनकी बहिनी कक्षा ४ मा पढ्ने संगिता घर्ती मगर, कक्षा ४ मा पढने बर्षा महतरा र देवकला परियारलाई शैक्षिक सामग्री प्रदान गरिएको एकीकृत ग्रामिण विकास समाजका परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend