साझा नेटवर्क
साझा नेटवर्क, फागुन ११, काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय लाई बदर गरेको छ ।
संवैधानिक इजलाशमा भएको बहसका आधारमा
सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय लाई बदर
गर्दै संसद पुनस्र्थापनाको फैसला गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।
पुस पाँच गते भएको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
रिटको सुनुवाईको लागि संवैधानिक इजलाश गठन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend