साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन १० ।
परराष्ट्रमन्त्री एवम् नेकपा ओली पक्षका नेता प्रदिप कुमार ज्ञवालीले आफुहरुले सरकारको स्थिरता खोजेको बताएका छन् । सोमबार ओली पक्षको नेकपा जिल्ला कमिटी गुल्मीले आयोजना गरेको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले संसद रहने त सरकार अस्थिर भए ठिक नहुने बताए ।

हामीले सरकारको स्थिरता खोजेका हौँ, तर पार्टीभित्र धेरै जालहरु रचिए ।’ नेता ज्ञवालीले भने, ‘तीन बर्षसम्म बन्धक भएको पार्टीलाई फुकुवा गर्न प्रधानमन्त्रीले बाध्यकारी निर्णय गर्नुभयो ।
भुकम्पको बेला ५० हजार स्वयम्सेवक खटाउने पार्टीले कोभिड महामारीका बेला कुनै सिर्जनशिल काम गर्न नसकेको भन्दै घुमाउरो भाषामा कार्यकारी अध्यक्ष प्रचण्डको आलोचना गरे ।
पार्टी एकता भएदेखि ७५ वटा सचिवालयका बैठकमा जनताका पक्षमा भन्दा नेताहरुको व्यवस्थापनका लागि एजेण्डाहरु भएको उनले सुनाए ।
संसद विघटनको अघिल्लो दिन पौष ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड निवासमा पुगेर पार्टी एकता र संसद विघटनबाट जोगाउनको लागि धेरै प्रयास गरेपनि सफल नभएपछि ससद विघटन गर्न बाध्य भएको बताए ।
केही नेताहरुले जनतालाई भन्दा आफुलाई केन्द्रमा राखेपनि प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर जाता जनादेशमा जाने निर्णय गरेको उनले सुनाए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend