logo
  • शुक्रबार, असोज ९ २०८३

गल्ती गर्नेलाई क्षमा दिन्छौ : मुख्यमन्त्री पोखरेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १० ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली पक्षका नेता शंकर पोखरेलले गल्ती गर्नेलाई क्षमा दिने बताएका छन् । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमाल नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए आफुहरुले क्षमा दिने बताएका हुन् ।

सोमबार ओली पक्षको नेकपा जिल्ला कमिटी गुल्मीद्धारा आयोजित अगुवा प्रशिक्षण कार्यक्रमा बोल्दै नेता पोखरेलले आफ्नै पार्टीको सरकारविरुद्ध लागेर प्रचण्ड, नेपाल र झलनाथहरु गलत बाटोमा हिडेको आरोप लगए ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि पार्टीभित्रका केही नेताहरुले प्रदेश नम्बर १ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आफुलाई देखाएर पार्टीभित्र एक व्यक्ति एक पदको बहस सुरु गरेको बताए । तर त्यसको उदेश्य आफुहरु दुईजना नभई प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने रहेको उनको भनाई छ ।

‘उहाँहरुको दुष्प्रयास हामीले पहिल्लै थाहा पाएर संसद भङ्ग ग¥यौ ।’ पोखरेलले भने, ‘संसद जिवित भएको भए उहाँहरुले काङ्ग्रेससँग मिलेर सरकार बनाउनुहुन्थ्यो ।’ प्रचण्डको अभियोगपत्र नै पार्टी फुटको मुख्य आधार भएको र आफुले पनि पार्टी जोगाउनको लागि प्रचण्डसँग धेरै विकल्पहरुमा छलफल गरेपनि प्रचण्डले नमानेको उनले जिकिर गरे ।

त्यसका साथै उनले गुल्मी क्षेत्र नम्बर १ नेकपाको पक्षमा सुरक्षित रहेको र २ मा गोकर्ण विष्टलाई चुनाव जित्ने मन भए बाटो सच्याउन पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend