logo
  • शुक्रबार, असोज ९ २०८३

 ६८ जिल्लाको नेतृत्व चयन गर्‍यो नेकपा प्रचण्ड–माधव समूहले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क फागुन १०, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।

प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०-५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नौ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend