logo
  • सोमबार, असोज १२ २०८३

उपराष्ट्रपतिलाई गुल्मी २ बाट चुनाव लड्न आउन राजेन्द्र अर्यालको चेतावनी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
, गुल्मी । नेकपा केपी ओली पक्षका केन्द्रिय सदस्य राजेन्द्र अर्यालले उपराष्ट्रपतिलाई गुल्मी क्षेत्रनम्बर–२ बाट चुनाव लडेर राजनिति गर्न चेतावनी दिएका छन् । आइतवार गुल्मीको सदरमुकाम तम्घासमा प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सस्दय अर्यालले राजनिति गर्ने मनभए गुल्मी क्षेत्रनम्बर २ बाट चुनाव लडेर जित्न चुनौती दिएका हुन् ।


सम्मानित पदमा रहेर सरकारको विरोध गर्दै राजनिति गर्दै हिडने गरेको आरोप लगाए । उपराष्ट्रपति जस्तो पदको गरिमालाई भुलेर राजनिति गर्ने मन भए राजिनामा दिएर नागरिक भएर आउन आग्रह गरे ।

उनले उपराष्ट्रपतिले पदिय मर्यादा भुलेर अनाबश्यक राजनिति भाषण गर्दै हिड्दै गरेको आरोप लगाए । उपराष्ट्रपति पद गणतन्त्रको प्रतिक रहेकाले आफनो पदिय जिम्मेवारी पुरा गर्न सक्क्षम नभए राजिनामा दिन चेतावनी दिए ।

अब मुलुक निर्वाचन मय भएकाले त्यसको तयारीमा पार्टी लागि रहेको बताए । निर्वाचनको निम्ति सरकारी निकयहरु तयारी अबस्थामा रहेकाले निर्वाचनको माहोल तयार भइरहेको बताए ।

कतिपय शक्तिले निर्वाचन हुनुहुदैन भनेपनि भित्रभित्र चुनावी तयारी स्वरुप कार्यक्रमहरु गर्दै आएको बताए । नेत्र बिक्रम चन्दले नेतृत्व गरेको पार्टी पनि बार्तामा आउने वातावरण तयार भइसकेकाले निर्वाचनको निम्ति माहोल तयार भएको उनले बताए ।
केपी ओलीले नेतृत्व गरेको मुलधारको पार्टीमा केहि दिन बाटो बिराउनु भएका नेताहरु फर्किने अबस्थामा रहेको अर्यालले बताए । नेकपा गुल्मीले सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुको सहभागितामा कार्यक्रम गर्दैछ ।
त्यसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend