logo
  • सोमबार, असोज १२ २०८३

 पौडेलद्धारा केबुलकार शिलान्यास


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, फागुन ९  बुटवल। अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा आइतबार अर्को केवलकारको  शिलान्यास गर्नुभएकोे छ ।
बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्नेगरी सिद्धार्थ केवलकार प्रालिले आगामी १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम थालेको हो ।
केवलकार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले
तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार
रहेको बताउनुभयो ।
उहाँले यो केवलकारको बहु आयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमा मात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ेने बताउनुभयो ।
बेलहिया बुटवल छ लेन सडक निर्माण पूरा हुन लागेको, सिद्धबाबामा सुरुंग मार्ग निर्माणको प्रक्रिया अघि बढेको र
केही साता भित्रै टेण्डर आह्वान गरिने पनि उहाँले बताउनुभयो ।
त्यस्तै ,गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको प्रथम चरणको निर्माण सम्पन्न हुन लागेको र दोस्रो चरणको निर्माणका लागि प्रक्रिया अघि बढेको जानकारी दिंदै उहाँले स्रोतको अभाव हुन नदिने गरी सरकारले काम अगाडि बढाएको बताउनुभयो ।
त्यस्तै लुम्बिनी गुरु योजना दुई वर्षभित्र पूरा गर्नेगरी बजेटको समेत प्रबन्ध गरिएको मन्त्री पौडेलको भनाइ छ ।
केवलकार निर्माण सम्पन्न गर्न करिव ८० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोट सम्मको राजमार्गको दूरी दुई किलोमिटर छ ।
केवलकार निर्माण र सञ्चालन पछि २५ केवलकार डब्बामा
दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिको अपेक्षा छ ।

फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी
केवलकारको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend