logo
  • सोमबार, असोज १२ २०८३

तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान ।


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

दोहा, वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा
६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५८०० (पचहत्तर हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाज र सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारण उपचार बाट बन्चित हुन नपरोस् । न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्याउदै आइरहेको अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो ।

समाजले भट्टराईको उपचार सगै गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत यसै साता सबै स्थानिय तहका ७० गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक९ब्लान्केट० सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए ।
सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend