logo
  • सोमबार, असोज १२ २०८३

इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा,कपिलबस्तु फागुन ८ ।

कपिलबस्तुको यशोद्धरा गाँउपालिका ८ सिहोखोर स्थित समय माई मन्दिरको नव निर्मित प्रबेशद्धारको समुद्घाटन गरिएको छ । यशोद्धरा गाँउपालिका ७ सोमडिहका पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकको ५ लाखको व्यक्तिगत लगानीमा निर्माण गरिएको सो गेटको पुर्व कानुन मन्त्री तथा कपिलबस्तु क्षेत्र नं. २ का संघीय सांसद बृजेश कुमार गुप्गाले रिबन काटेरे समुद्घाटन गर्नु भएको हो ।करिब सय बर्ष पहिले यस क्षेत्रमा प्राय खडेरी हुने भएकाले डिंगरहिया नदी बाध रोक्न जति प्रयास गरेपनि नदीको पानी नरोकिएकाले स्थानियहरु बाध रोक्न निराजल ब्रत बसेका थिए । त्यस बेला पाठक परिवार की अभिभावक बुढिया माई (हजुर आमा)ले स्थानियहरुलाई खाना खुवाएर आफु त्यो बाधमा समाएकी थिइन अनि मात्र बाध रोकिएको स्थानियको भनाई छ । आफ्नो ज्यानको आहुती दिएर यस क्षेत्रलाई बिपदबाट जोगाएकी बुढिया माईले मन्दिर स्थापना गर्न भनेर नै यस क्षेत्रमा समय माई मन्दिरको स्थापना गरिएको पाठक परिवारका राकेश पाठकले जानकारी गराउनु भएको छ ।इतिहास बोकेको एक सय बर्ष पुरानो यो मन्दिरमा सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने, भाकल पुरा हुने धार्मिक विश्वास रहेको छ । धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेकोले यस स्थानमा आउने पर्यटक लाई सजिलो होस भन्ने पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकले सो प्रबेशद्धार निर्माण गर्नु भएको हो । पछिल्लो समय यशोद्धरा गाँउपालिकामा ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिर सम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend