logo
  • सोमबार, असोज १२ २०८३

पुजाको गोठाटीमा खानेपानीको विस्तार भएसँगै स्थानीयहरुमा खुसी छायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान फागुन ७ ।

नेपाल जलस्रोतको धनी देश भए पनि स्रोत साधन भौगोलिक बनावटले दुर्गम क्षेत्रलाई पछाडि पारेको त छनै तर स्थानीय तह संरचना भए यता भने स्थानीय बासीहरुले केही बिकास निर्माण भएको अनुभुति गर्न पाएका छन । २०४० सालमा निर्माण भएको गौमुखी ४ पुजाको गोठाटीमा रहेको खानेपानी आयोजना मर्मत नहुदा जिर्ण रहेकोे र एउटा मात्र धारा हुदा स्थानीयले पालो कुर्दै सास्ती खेप्दै आएको भए पनि गत बर्ष गौमुखी गाउँपालिकाले बजेट बिनियोजन गरे पछी रुमकास गोठाटी खानेपानी आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढेको हो ।रुमकास गोठाटी खानेपानी उपभोक्ता समितिले आयोजना गरेको उद्घघाटन कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गौमुखीका बासिन्दाहरुको बस्तीमा खानेपानी तथा सरसफाइ अन्तरगत एक घर एक धारा अभियान रहे पनि पानीको स्रोत प्राप्त नभएकोले केही कठिनाइ भएको र अर्को योजना करोडौंको लागतमा १४ किलोमीटर टाढा गौथले पुजा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र सम्पन्न भए पुजाका २०० घरधुरी लाभान्वित हुने बताउनु भयो । तेसै गरि रुमकास गोठाटी खानेपानी आयोजना निर्माण गर्न ८किलोमीटर टाढा बाट पानी लिएको र करिब २० लाख लागत लागेको सव इन्जिनियर कमल योगिले जानकारी गराउनु भयो । ६६ बर्षिय तुलसा खत्रीले बिहान भरी पानीको धारामा लाइन लागेर एक गाग्री पानी भर्न बिहान भर पालो कुर्नु परेको तथा पालो मिच्दा झगडा हुने र कहिलेकाहीँ पानी नआउदा लिवाङको सिस्ने मुल देखि पानी लिएर खाएको गुनासो पोखिन । उनी भन्छिन यो खानेपानी निर्माण भए पछी समयको बचत र घर नजिकै पानी आउँदा खुसी लागेको बताइन। उनी त एउटा प्रतिनिधि पात्र हुन यी समस्या सम्पुर्ण स्थानीय गोठाटी बासिले भोगेका छन ।आयोजना निर्माण उपभोक्ता समितीका अध्यक्ष टेक बहादुर खत्री भन्छन पानी ल्याउन गौमुखी गाउँपालिकाको ठुलो सहयोग र स्थानीय समुदायको मेहनत र परिश्रम रहेकोले गोठाटीका ४० घर धुरी लाभान्वित भएको बताए । त्यति मात्र होइन खानेपानी सम्पन्न भए सङ्गै समयको बचत लाइन लाग्नेको झन्झट ,झैझगडा बाट मुक्त ,आनिबानी तथा स्वास्थ्य सरसफाइमा आमुल परिबर्तन तथा काकाकुल बनेका गोठाटी बासिको सपना साकार हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend