logo
  • सोमबार, असोज १२ २०८३

दिनप्रती दिन प्रभाबकारी बन्दै कस्तो छ आमा कार्यक्रम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क , फागुन ५,गुल्मी-गुल्मीको गुल्मी दरबार गाउँपालिकाद्धारा ल्याइएको कस्तो छ आमा कार्यक्रम दिनप्रती दिन प्रभाबकारी बन्दै गएको पालिकाका अध्यक्ष अशोक कुमार थापाले बताउनु भएको छ ।

यस पालिकामा असोज २१ गते वडा नम्बर १ बलिथुम स्वास्थ्य चौकीबाट सुरु भएको कार्यक्रमले पालिका तथा जिल्ला भरी चर्चा कमाएको पालिकाकि उपाध्यक्ष मिना भण्डारीले बताउनु भयो ।

सम्पुर्ण वडाका गर्भवती महिलाहरु लाइ विषेश सम्मान साथमा कस्तो छ आमा कार्यक्रम टोल टोलमा अभिमुखिकरण गर्न पाउदा आफुहरुमा आत्मल बढेको जन प्रतिनिधिको भनाइ छ ।

स्वस्थ गर्भवती आमा र स्वस्थ बच्चाको लागि गुल्मी दरबार गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम जिल्लामा पहिलो पटक संचालन गरेको हुँदा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुका साथै प्रचार प्रसार गर्न समेत पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले अपिल गर्नुभयो ।

पान्डेले गाउँपालिकाले गर्भवती आमाको स्वास्थ्य सुरक्षा र सरसफाई¸ संस्थागत प्रसुती¸ पोषण सेवा र संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्दै सुखी र स्वस्थ नागरिक निर्माणको लागि यो अभियान संचालन गरेको हुँदा हरेक गर्भवती महिला र परिवारले पालिकाको यो अभियानलाई सार्थक तुल्याउन आग्रह गर्नु भयो ।

स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले प्रसुति अवस्था, नवशिशु तथा बाल्यावस्थामा ख्याल गर्नुपर्ने कुराहरु र अपनाउनु पर्ने सावधानी हरुको बारेमा स्वास्थ्य चौकीको फोकल ब्याक्तिले वारम्बार कस्तो छ आमा रु तपाईं लाइ भनि प्रत्येक महिना गरि कम्तिमा ३० पटक सोधिने भएकोले कार्यक्रमको नाम कस्तो छ आमा रु राखिएको स्वास्थ साखा प्रमुख नारायण प्रसाद अर्यालले बताउनु भयो ।

गाउँ घर बस्तिहरुमा महिला गर्भवती भएको खबर पाउने बित्तिकै जनप्रतिनिधि सहित स्वयंसेविका र स्वास्थ्यकर्मी उनको घरमै पुगेर बधाइ सँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाह सहित गर्भवतीलाइ सन्देश मूलक ऐना, बाबुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्य योजना अगाडी बढिरहेको बताउनुभयो ।

पालिकाले यस्ता गर्भबती महिलाहरु लाइ कोसेली समेत प्रदान गर्दै आइरहेको स्वास्थ कर्मी रामकृष्ण कंडेलले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend