साझा नेटवर्क
साझा नेटवर्क फागुन २, काठमाडौं -नेपालमा पछिल्लो चौबीस घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ७१८ पुगेका छन् ।
पछिल्लो चौबीस घण्टामा १३१ जना सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल एक हजार ६०४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ ।
कोभिड १९ को सङ्क्रमण बाट नेपालमा हालसम्म दुई हजार ५४ जनाको मृत्यु भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend