साझा नेटवर्क
काठमाण्डौ, फाल्गुन १ ।
भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का नेताहरुको पुतला दहन गरेको छ ।

विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध र्याली निकालेको हो ।

मिति २०७७ माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध र्यालीको क्रममा नेकपाका नेताहरु भगवान श्री पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका थिए ।

राजनेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो ।
विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्रकै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend