logo
  • सोमबार, असोज १२ २०८३

न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण र्‍याली गरिने

टर्च बाल्दै न्याय खोज्दै कपिलवस्तुका युवाहरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कपिलवस्तु फागुन १ ।
न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण र्‍याली कार्यक्रम हुने भएको छ । युथ युनिटि वेलफेयर यसोसियसन कपिलवस्तुको आयोजनामा फाल्गुण २ गते सो र्‍यालीको आयोजना गरिएको हो ।

टर्च बाल्दै न्याय खोज्दै नाम दिइएको सो ¥यालीका लागि कानुनी राज्यमा कानुनको पालना गराऔँ, बलात्कार तथा लैगिंक हिंसा बिरुद्दको अभियानमा प्रतिबद्दता जनाऔँ भन्ने मुल नाराका साथ र्‍यालीको आयोजना गर्न लागिएको अभियान्ता सिर्जना आचार्यले जानकारी दिनुभयो ।

सो र्‍यालीका लागि सहभागिहरुले कालो कपडा र कपन सहित हातमा टर्च वा लाल्टिन लिएर आउन पनि अनुरोग गरिएको आचार्यले बताउनुभयो ।

देशमा बढीरहेका बालिका बलत्कारका घटनामा राज्यको नजर पुग्न नसकेको जनाउदै युवाहरुको संस्था युथ युनिटिले सो कार्यक्रम गर्न लागेको जनाएको छ । फाल्गुण २ गते साँझ ५ बजे कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित चार नम्बर जितपुरमा हुने अभियान्त आचार्यले जानकारी दिनुभएको छ ।

केहि दिन अगाडी बलात्कार गरेर हत्या गरिएको बैतडीकी भागिरथी भट्टको न्यायमा अझै पनी सरकारको पक्षबाट कुनै आशाको किरण नदेखिएको र यो घटना पनी निर्मला पन्थको जस्तै ओझेलमा पर्न सक्ने भन्दै दवाब स्वरुप शान्तिपुर्ण विरोध र्‍यालीको आयोजना गर्न लागिएको अभियानका अध्यक्ष लक्ष्मण समापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend