साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान माघ २९ ।
गाउँपालिका रार्ष्ट्रिय महासंघ नेपालको आयोजनामा २ दिने स्थानीय तहमा कानुन तर्जुमा ,राजस्व परिचालन ,बजेट योजना तर्जुमा र अनुगमन सम्बन्धि आपसी सिकाई आदानप्रदान कार्यशाला गोष्ठी स्वर्गद्वारीको पृष्ठभुमि भिग्रीमा संचालन भइरहेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका सचीव तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष कुमारी बरालले राख्नु भएको थियो । सो कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिका रार्ष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका सचिव तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिले राज्यको पुनर्संरचना तीन तहमा बिभाजन भएको सन्दर्भमा सुरुको सिकाइ अबस्था हुदा कार्यसम्पादन मुल्यांकन प्रभावकारिता हुन नसकेको, स्थानीय तहको ऎन ,नियमावली ,कार्यविधि नबन्दा देखिएको समस्या ,सिकाइ र आदानप्रदान एक आपसमा परिपुरक सम्बन्ध हुनुपर्ने ,स्थानीय तहमा स्रोत नहुदा राज्यले दिएको स्रोत साधनमा आत्म निर्भर हुनु परेको र कोभिड १९ को जटिल समस्या सामना गर्नु परेको बताउनु भयो ।
त्यसैगरि स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र रोकायले स्थानीय तहमा भोगेका समस्या हल नहुने र असहज परिस्थिती रहेको एबम ऐन कानुन निर्माणमा प्रदेश र संघले हदकडि तरिकाले प्रयोग गरेको गुनासो गर्नु भयो । भने स्थानीय तहमा ऐन कानुन नीति नियम निर्माण नहुदा भोगेका समस्या ,अन्तर पालिका सिकाइ आदानप्रदान ,बजेट योजना तर्जुमा गर्दा ध्यान दिनु पर्ने कुरा,अहिलेसम्म भएका गतिविधि , समस्या ,चुनौती अनुभव र असल अभ्यास ,बहस पैरवी तथा क्षमता बिकास र कार्ययोजना बनाउने विषयमा छलफल हुने गाउँपालिका रार्ष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समन्वय अधिकृत हरगोविन्द पाण्डेले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा प्युठान ,रोल्पा पुर्बी रुकुम जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीहरुको सहभागिता रहेको छ । भने कार्यक्रमको सहजीकरण गाउँपालिका रार्ष्ट्रिय महासंघ नेपालका नीति तथा कानुन अधिकृत गिता श्रीस मगर र बिज्ञ बि के महर्जनले गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend