साझा नेटवर्क
नारायण प्रभात मरासिनी, गुल्मी भदौ ९।
हाम्रो सस्कार सस्कृती र परम्परालाई जिबित राख्दै सभ्य र सुसस्कृत समाज निर्माणको लागि बिगत देखि अहिले सम्म निरन्तर लागि परिरहेको युवा क्लब गुल्मी युनाइटेड युवा क्लबले यस वर्ष पनि रोपाइ जात्रा कार्यक्रम गर्ने भएको छ । भोली निकाल्ने रोपाई जात्राको सम्पुर्ण तयारी पुरा भएको कल्बका अध्यक्ष डोल बहादुर कुवरले जानकारी दिनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अबशर पारेर भोली कल्वको सकिृयतामा बृहत रोपाई जात्रा , घोडेनाच, लाखेनाच लगायत विभिध सास्कृतिक कार्यक्रम सम्पन्न हुने अध्यक्ष कुवरले जानकारी दिनुभएको छ । आफ्नो स्थापना काल देखी सस्कृती को जगेर्ना गर्ने उद्देश्यले हरेक बर्ष श्रीकृष्ण जन्माष्ट्मीको अबसर पारी रोपाईजात्रा निकाल्दै आएको यस क्लब ले यो बर्ष पनि बिबिध कार्यक्रम का साथै रोपाइ जात्रा गर्ने निर्णय हो । क्लबका अध्यक्ष डोल बहादुर कुवरको अध्यक्षतामा बसेको बैठकले समाजका मौलिक सस्कार र परम्परालाई संरक्षण गर्नु अहिलेका युवाको दाईत्य भएको भन्दै सो निर्णय गरेको हो ।
कार्यक्रमलाई ब्यावस्थित बनाउन क्लबका सदस्यहरु बिच जिम्मेवारी बाडफाड गरि कार्यक्रमको तयारी गरेको छ । कार्यक्रम सम्पन गर्न को लागी क्लबका अध्यक्ष डोल बहादुर कुवर को अध्यक्षतामा मुल समिती गठन गरि छ । मेलालाई ब्यावस्थित र प्रभावकारी बनाउन आथिक पनि उतिकै जरुरी पर्ने भएकोले आर्थिक संकलन को लागि उत्तम ब कुवर को अध्यक्षतामा आर्थिक उपसमिती गठन गरिएको थियो ।
त्यस्तै बाजागाजा समिती संयोजक बसन्त श्रेष्ठ जलपान समिती संयोजक हिरा बहादुर थापा ,प्रचारप्रसार समिती संयोजक नारायण प्रभाव मरासिनी , शृङगार तथा नाचगान समिति संयोजक देबकला कुवर लगायत विभिन्न उपसमिति गठन गरिएको छ । रोपाइ जात्रा भदौ १० गते बिहान उदिनढुङाबाट सुरु गरि तम्घास परिक्रमा गर्ने निर्णय गरेको क्लब का सचिब झबिन्द्र पान्डेले जानकारि दिनु भएको छ ।
साथै कल्बले आज रोपाईजात्राको पुर्वसन्ध्यामा सररमुकाम तम्घासमा मोटरसाईकल रयाली समेत निकालेको थियो । भने कल्बको सक्रियतामा केहि दिन अगाडी सदरमुका स्थीत उदिनढुङगा बसपार्क तथा तिनधारा पानीको मुहान सरसफाई कार्यक्रम सम्पन्न भएको छ । भोली हुने जात्रामा सवैलाई सहभागि बन्न कल्वले सबैलाई आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend