logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा (प्रचण्ड–नेपाल पक्ष) गुल्मीको अध्यक्षमा सापकोटा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ २६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष गुल्मीको अध्यक्षमा सोमनाथ सापकोटा चयन भएका छन्।

नेकपा प्रचण्ड–नेपाल पक्ष जिल्ला कमिटी गुल्मी र नेकपा लुम्बिनी प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले सापकोटाको नाम अनुमोदन गरेको हो । सापकोटा हाल मुसिकोट नगरपालिकाका मेयर समेत छन् ।

प्रधानमन्त्री केपि ओलीको प्रतिगमनविरुद्ध अडिकताका साथ लागेको र नागरिकको पक्षमा दरिलो आवाज उठाउन सक्ने भएकोले सापकोटालाई पार्टीको अध्यक्षमा चयन गरिएको नेता बुद्धि जिसीले जानकारी दिए ।

केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा पुगेसँगै नेकपाका दुवै पक्षले जिल्ला–जिल्लामा आ–आफ्नो पक्षमा जिल्ला पदाधिकारी चयन गर्ने अभियानअन्तरगत सापकोटा अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष सापकोटाले प्रधानमन्त्रीको प्रतिगामी कदमबिरुद्ध अब जिल्लामा शसक्त रुपमा लाग्ने, सबै जनबर्गिय संगठन परिचालन गर्ने लगायतका काम गर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend