साझा नेटवर्क
साझा नेटवर्क माघ २६,गुल्मी -प्राय गरि समाजमा हिजो आज जन्म दिन फरक फरक कार्यक्रम गरि मनाइयको देखिन्छ।
कहिले होटल तथा पाटी प्यालेसमा अनावश्यक खर्च गरेर कसैले असहाय ,अपांग ,दुखि गरिब, बिपन्न बर्ग तथा जेष्ठ नागरिक लाई सहयोग गरेर मनाएको नौलो कुरा होइन ।
तर आज गुल्मी श्रीङगा रुप्से निवासी सामाजिक धार्मिक तथा असहाय ,दुखिका साहारा बनिरहेका पोमलल कंडेलले आफ्नो जन्म दिनको अवसरमा गणेश भगवानको मुर्ती प्रदान गर्नुभएको छ।
रोजगारिको सिलसिलामा लामो समय देखि बेलायतमा बस्दै आउनु भएका पोमलालले गुल्मी छत्रकोट गाउँ पालिका वडा न ३ भालु पानी देबि भगवती मन्दिर प्रवेश गेटकै काखमा रहने गरि गणेश भगवानको मुर्ती आजै धर्मपत्नी गिता कंडेल लाई सम्बन्धि ठाउमा पुर्याउन आग्रह गर्नुभएको छ ।
कन्डेलले आफ्नै निजि लगानीमा यसै स्थानमा हनुमानको मन्दिर बनाइरहनु भएको छ ।
यस्तै मन्दिर प्रवेश गेट निर्माण कार्यका लागि पनि पाँच हजार पाँच सय पच्पन्न रुपैया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।यति मात्र नभई रुरु धाममा बस्नु हुने असाय दुखी वृद्ध वृद्धालाई तिथि उत्सब पारेर सहयोग , बाढी पिडित हरुलाइ खाध्य सामाग्री, लता कपडा, धार्मिक सेवा सन्चार कार्यलय लाई आबस्यक सहयोग लगायतलाई सहयोग गर्दै आउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend