साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी माघ २५ ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बनेको पार्क डेढ बर्षदेखि अलपत्र परेको छ । रेसुङ्गा नगरपालिका –८ लाकुरीमञ्चमा बनेको ५५ लाखको पार्क संचालनमा नआउदा अलपत्र परेको हो ।

नगरपलिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत लगानीमा आ.व. ०७५/७६ बाट पार्क निर्माण प्रक्रिया सुरु भएको थियो । तर निर्माण सम्पन्न भएको डेढ बर्ष पुगिसक्दा पनि औपचारिक ढङ्गले पार्क संचालनमा आउन सकेको छैन । संचरचना निर्माण गर्न हतारो गर्ने तर व्यवस्थापनमा कम चासो दिने प्रवित्तिको पछिल्लो उदाहरण तम्घासको थ्रिडी पार्क बनेको छ ।
पार्कको ठाउँमा वर्षौको पहिचानको रुपमा रहेको लाकुरी मञ्च थियो । लाकुरीको रुख ढलाएर पार्क बनाउने बिषयमै थुप्रै मतभेद थिए । मतभेदका बीच पनि पार्क निर्माण प्रक्रिया सुरु गरियो । तर पार्क बनेको डेढ बर्षसम्म पनि संचालनमा नआउदा नागरिक चिन्तित बनेका छन् । पहिलेको संरचना भत्काउनै हुनेथिएन् ।
स्थानीय भरत भण्डारीले भने, भत्काएपछि पनि नयाँ बनाउने संरचना समयमै सम्पन्न गर्नुपर्छ ।’ उनले सदरमुकाममै पार्कको दुर्दशा भए गाउँको स्थिति झन विकराल हुनसक्ने समेत चिन्ता व्यक्त गरे । अर्का स्थानीय सुदर्शन खनालले पनि सम्बन्धित सरोकार पक्षको वेवास्ताका कारण पार्क अलपत्र परेको आरोप लगाए ।
आधुनिक र सुन्दर शहर अन्तरगत पार्क बनाउने कार्य ठिक रहेपनि समयमै संचालनमा नआउनु दुखद् पक्ष रहेको उनको बुझाई छ । ‘आ–आफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र परेर राज्यको रकम दुरुपयोग गरिएको छ ।’ उनले भने ।
विभिन्न कारण गर्दा निर्माण भएको डेढ बर्षसम्म पनि निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । जसले गर्दा अहिले संरक्षणको अभावमा पार्क फोहोर फाल्ने ठाउँको रुपमा परिणत भएको छ । पार्क संचालनमा नआउदैँ गेट, बक्ति र अन्य महत्वपूर्ण संरचना भाँचिएका छन् ।
त्यो मात्रै होइन पार्क दिसा गर्ने, बच्चाका डायपर फाल्ने ठाउँ फाल्ने ठाउँ भएको छ । जंङफुडका प्याटकेट र बदामका बोक्राले पार्र्क कुरुप बन्दै गएको छ । लाँकुरी मञ्चको बर्षौदेखिको पहिचाननै गुम्ने तर लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले टिप्पणी गरे ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज श्रेष्टले कोभिड लगायतका कारणले पार्क हस्तान्तण गर्न नसकिएको बताए । पार्क संचालनको बिषयमा मेयर र वडाध्यक्ष बिच कुरा बाझिदै आएको छ । पार्कमै पनि राजनीतिक रङ्ग भरिएको छ । अझ अचम्मको कुरा त के छ भने पार्क जिल्लाकै दुई ठुला कार्यालय जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको गेटैमा पार्क छ ।
तर उनहरुले पनि पार्कको निर्माण र संचालन प्रक्रियामा चासो दिएका छैनन् । पार्कका संरचनामा क्षति पुगिरहेको बिषयमा जनप्रतिनिधी र सरकारी उच्च पदस्थ कर्मचारी पनि जानकार छन् । तर लाखौँको संरचना दुरुपयोग भएको बिषयमा ध्यान दिएका छैनन् ।
यस सम्बन्धमा रेसुङ्गा नगरपालिका –८ का वडाध्यक्ष भरत भलामीले अब वडाकै बजेट बिनियोजन गरेर भएपनि पार्क संचालनमा ल्याउने प्रतिवद्धता जायर गरे । नगरपालिका र अन्य निकायले पनि धेरै ध्यान दिएका छैनन, तर वडाभित्र भएकोले मैले नैतिक रुपमा जिम्मेवारी लिनुप¥यो । वडाध्यक्ष भलामीले भने, अब सकेसम्म छिट्टै पार्कलाई संचालनमा ल्याउछौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend