logo
  • सोमबार, असोज १२ २०८३

अनेमसंघले पठायो प्रधानमन्त्रीलाई ज्ञापन-पत्र


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ २५ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै ज्ञापन पत्र पठाएको हो । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको भन्दै अनेमसंघले पौष ५ गतेको असंवैधानिक कदमपछि देश अस्थिरता र मुडभेडतिर गइरहेको उल्लेख गरेको छ ।

त्यसका साथै शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने, महिला नेतृमाथि पुरुष प्रहरी लगाएर दमन, ज्यादती तथा अत्याचार गर्ने हर्कतहरु बढेकोले यस्तो कार्य तुरुन्त रोक्न पनि अनेमसंघले आग्रह गरेको छ ।

यस्तो किसिमको अस्थिरताले महिला हिसांलाई झन बढावा दिने भएकोले पनि प्रतिनिधिसभा पुन सुचारु गरी संविधानलाई संविधानलाई क्रियाशिल बनाउन पनि अनेमसंघ गुल्मीले आग्रह गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेमसंघका नेतृहरु बिनिता पोखरेल, हिरा कुँवर लगायतका नेतृहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend