साझा नेटवर्क
केशब गौतम,गुल्मी माघ २४ ।
स्काई लोक आईडल सिजन -२ अडिसन आज देखि सुरु भएको छ । स्काई लोक आईडल सिजन १ को सफलतापछि पुन: सिजन-२ पनि आज देखि सुरु भएको हो ।
केही समय अघि दोश्रो सिजन सञ्चालन गर्ने घोषणा गरेको “स्काई लोक आइडल” आज गुल्मी जिल्ला कै पहिलो सामुदायिक रेडियो स्काई ९०.४ मेगाहर्ज र सामुदायिक रेडियो पुस्पाञ्जली ९७.४ मेगाहर्जबाट आज देखि प्रत्येक शनिबार हुने गरि अडिसन सञ्चालनमा आएको हो । जसमा आज पहिलो दिन ३० जना सहभागिता बनाइएको छ । देशका विभिन्न जिल्लाका कुना कुनामा बसेर आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा विभिन्न जिल्लाबाट करिब १५५ सहभागीता भइ ४ जना उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा पनि देशका विभिन्न जिल्लाबाट जादुमय स्वरहरु छानिने छन् ।
आजबाट सुरु भएको अडिसन दोश्रो सिजनमा तपाईको सहभागिताहरुको निकै उत्साहजनक हुनेछ । स्काई लोक आइडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय मिडिया वि.जी. डिजिटल, वि.आर. मिडियाले प्रथम ,आज्ञा क्रियशनले दोस्रो र लोक गायक छविलाल कौशलले तेस्रो पुरस्कार प्रायोजन गर्नु भएको छ । यदि अझै पनि यो स्काई लोक आइडल सिजन -२ लाई सभ्य र भब्य बनाउन चाहन्छु र प्रायोजक बन्न चाहनुहुन्छ भने त्यो स्थान पनि अझै खालि नै रहेको बताइएको छ । स्काई लोक आइडल सिजन -२ मा सहभागि भई प्रथम हुनेले अडियो भिडियो, दोस्रो हुनेले अडियो तथा तेस्रो हुनेले नगद रु. १०,०००/- पाउने भएका छन् ।
स्काई लोक आडलको पहिलो सिजनले राम्रो सफलता पाए संगै दोस्रो सिजनले पनि राम्रो सफलता हासिल गर्ने छ । स्मरण रहोस् यो स्काई लोक आइडल सिजन -२ अबको ३ महिना समय अवधि भर चल्ने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend