logo
  • शुक्रबार, असोज ९ २०८३

ओलि पक्षिय रेसुङ्गा नगर कमिटीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सबिन बस्नेत, गुल्मी माघ २४ ।
नेपाल कम्युनिस्ट पार्टी, केपि ओलि पक्षिय रेसुङ्गा नगर कमिटीको बैठक आज गुल्मीमा बसेको छ । रेसुङ्गा नगर कमिटी अध्यक्ष हरि प्रसाद पोख्रेलको अध्यक्षतामा बसेको पुर्ण बैठकले फाल्गुन पहिलो हप्तासम्म तल्ला कमेटीका भेला तथा प्रशिक्षण सम्पन्न गर्ने सहितका विभिन्न निर्णयहरु गरेको छ ।

प्रमुख अतिथी केन्द्रिय सदस्य तथा जिल्ला पार्टी कमिटी अध्यक्ष मधुकृष्ण पन्तले सो अबसरमा नगर कमिटीका सदस्यलाइ निर्देशन दिदै सुर्य चिन्ह र अदालतको निर्णय जेसुकै भएपनी संस्थापक पक्ष केपि ओलि समूह नै हुने बताउनु भयो । उनले भने – यो खुल्ला समाजमा अदालत वा कतैपनी कुनै खाले सेटिङ्ग सम्भव छैन ।

।यस्ता भ्रमको पछि कोहि लाग्नु जरुरी छैन । यो देशमा केपि ओलिको स्थायित्व र समृद्धिको पक्षमा ध्रुविकृत हुन ढिला नगर्न आग्रह गर्दै उनले थपे – मनपरेकी केटि भेटिएन भनेर बिबाह नगरि कोहि बसेको छैन । तसर्थ छिटो निर्णय गर्न र केपि ओलिको पक्षमा आउन स्थानीय नेताले ढिलाइ गर्नु जरुरी छैन । अब खुल्ने, कहिले खुल्ने भनेर अलमलिनु हुदैन ।

सोही कार्यक्रममा जिल्ला कमिटी सचिव धर्म बिश्वकर्माले अहिले नेपाल कम्युनिस्ट पार्टी मात्रै भएकोले पुर्व माओवादी ,पुर्व एमाले नरहेको उल्लेख गर्दै केही कमरेडले स्थानिय तहमा भ्रम छरिरहेको हुँदा त्यस्ता भ्रममा नफस्न र सचेत हुन आग्रह गरे।’ यो समृद्धि ,बिकास र स्थायित्व चाहने र नचाहने बीचको संघर्ष हो ।

चार महिना महाधिवेशन कुर्न नसकेर माधव, प्रचण्डले षडयन्त्र गरेको बताउदै, यो कुनै हालतमा जनताले सफल हुन नदिने समेत उदघोष गरे ।आफुले मसालबाट राजनिती शुरु गरेको बताउदै विभिन्न टुटफुट हुँदा पनि सधै सहि बाटो छान्दै आएकोले यस पटक माधव प्रचण्डको सहमति बिपरित जाने गरि चालिएको हर्कतलाई साथ दिन नसकेको उल्लेख गरे ।

लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण सुनारले सरकारले बिकासका काम नगरेको वा विधि नमानेकोले नभै नितान्त पदिय कुण्ठा बोकेका दुई चार नेताहरुको कारण पार्टिमा भाडभैलो गर्न खोजिएको बताए । पार्टीको संस्थापन पक्ष अध्यक्ष केपि ओलि र महासचिव बिष्णु पौडेल रहेको नेपाल कम्युनिस्ट पार्टी नै हुने जिकिर गर्दै, देश बनाउने अभियानमा लागेका प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट भएको असहयोग सबै जनताले महशुस गरेको समेत बताए ।

रेसुङ्गा नगर कमिटीको सातौ नियमित बैठकमा जिल्ला सचिवालय सदस्य कृष्ण भण्डारी, अर्जुन आचार्य लगायत जिल्ला सदस्य गोपाल सुनार, इन्दुका के सि, मुश्लिम संगठनका केन्द्रिय सदस्य सागर अलि मियां र जिल्ला सल्लाहकार समितिकी सदस्य सिता भण्डारी सहित नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend