logo
  • सोमबार, असोज १२ २०८३

दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, माघ २४ काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना निको भइसकेका छन्

।पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend