साझा नेटवर्क
गंगा भण्डारी ,साझा नेटवर्क माघ २४ ,वुटवल-पत्रकार विद्यार्थी संगठन नेपाल रुपन्देहीको प्रथम भेला वुटवलमा सम्पन्न भएको छ ।
भेलाले राजेश सिंजालिको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सह सचिवमा अन्जलि थापा,कोषाध्यक्षमा टेक बहादुर राना,सदस्यहरुमा उर्मिला यादव,बसन्ता भुसाल,सुदिप गौतम,बसन्त आचार्य,प्रदिप ज्ञवाली,सन्त कुमार श्रेष्ठ ,विवश विष्ट र विवेक क्षेत्री चयन हुनु भएको छ ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आसन्न हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा महासंघको ध्यानाकर्षण गर्दै त्यस अधिकार लाई प्राप्त गर्न पहल गर्ने बताउनुभयो ।
गैरेले पत्रकारिताको विषय भएता पनि यसलाई खास न्याय दिने संगठन नभएको कारणले पत्रकार विद्यार्थी संगठन नेपालको उत्पत्ति भएको बताउनुभयो ।
गैरेले अब संगठनले पत्रकारिता पढिरहेका,पढ्न चाहाने,गर्न चाहाने,गरिरहेका पत्रकारहरुको हक र हितका लागि आफ्नो संगठन आजिवन संघर्ष गर्ने बताउनुभयो ।
प्रथम भेलाको अध्यक्षता भेला आयोजक समितिका उप संयोजक राजेश सिंजालिले गर्नुभएको थियो संचालन संगठनका आयोजक समिति सदस्य नेत्र प्रसाद बस्नेतले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend