logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका पाँच स्थानीय तहमा भएन हिउँदे अधिवेशन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल
गुल्मी, २३ माघ ः स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रत्येक बर्षको माघ १५ भित्र सबै स्थानीय तहहरुले हिउँदे अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर गुल्मीका पाचँ स्थानीय तहले अहिलेसम्म पनि हिउँदे अधिवेसन गर्न सकेका छैनन् । जिल्लाको रुरुक्षेत्र, सत्यवती, इस्मा, कालिगण्डकी र गुल्मीदरबार गाउँपालिकाले अहिलेसम्म पनि हिउँदे अधिवेशन गर्न नसकेका हुन् ।

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार माघ २५ गते हिउँदे अधिवेशन गर्ने तयारी छ । सत्यवती गाउँपालिकाले २४ गते हिउँदे अधिवेशनको लागि तयारी बैठक बस्ने जनाएको छ । हिउँदे अधिवेशनको लागि योजनाको छनोट, बाडँबाडँ तथा बजेट रकमान्तर गर्नुपर्ने हुन्छ । सत्यवतीमा पछिल्लो समय बल्ल योजनाले गति लिन थालेको तथा वडाको तयारी नपुगेको कारण अधिवेशन गर्न नसकिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

इस्मा गाउँपालिकाको अधिवेशन माघ २६ गते तोकिएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । यसभन्दा पहिले बीचमा अधिवेशन गरेर गाउँपालिका केन्द्रको टुंगो लगाएको उनले बताइन । गुल्मीदरबार गाउँपालिकामा फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्नेगरी तयारी भइरहेको छ । माघभरिमा सम्पन्न हुने योजनाको निक्र्यौल गरिसकेपछि फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताए ।

कालिगण्डकी गाउँपालिकाले फागुनको पहिलो हप्ताभित्र अधिवेशन गर्ने तयारी गरेको छ । मुसिकोट नगरपालिकाले पनि तोकेभन्दा ६ दिन ढिला हिउँदे अधिवेशन गरेको छ । पछिल्लो समय नेकपामा देखिएको विभाजनको कारण नगरको अधिवेशन २१ गते बुधबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend