साझा नेटवर्क
अनिल खत्री, गुुल्मी माघ २२ ।
जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २६ लाख वढि राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरि चलाउने बिभिन्न सवारी साधनहरुमा गरिएको कारवाहीमा २६ लाख २१ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए ।
यो अबधीमा ३ हजार ९५० वटा सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए । जस अनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ। त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ । असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार राजास्व संकल भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए। मंसिर महिनामा ८ सय सवारी कारवाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । ९ सय सवारी पुस महिनामा ५लाख ६४ हजार ५ सय राजस्व संकला भएको गुल्मीका हवल्दार भण्डारीले बताए ।
ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनिकरण गर्नका बिद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्दै आएको प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend