साझा नेटवर्क
साझा नेटवर्क माघ २१,काठमाडौं । – निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि सात अर्ब ९ करोड
रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट आज सरकार समक्ष पेश गरेको छ ।
कूल निर्वाचन खर्च मध्ये ६ अर्ब ७२ करोड रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि र ३७ करोड कोभिड व्यवस्थापनका लागि खर्च हुने अनुमान छ ।
आगामी २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा खर्च कम लाग्नुको मुख्य कारण २०७४ सालकै निर्वाचनमा प्रयोग गरिएका सामग्री, उपकरण र प्रविधि लाई पुनः उपयोग गरिनुले हो ।
संविधान जारी भएपछि पहिलो पटक गरिएको प्रतिनिधि सभाको निर्वाचनमा सात अर्ब ४७ करोड रुपैयाँ लागेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend