logo
  • सोमबार, असोज १२ २०८३

नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क ,माघ २० काठमाण्डौ – नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका
छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित थपिएका हुन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९ जना पुगेको जनाएको छ ।
देशका विभिन्न अस्पताल बाट २५९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भई फर्केको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ जना पुगेको छ ।
हाल दुई हजार चारसय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै अहिले सम्म दुई हजार  ३० जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend