साझा नेटवर्क
केसब गौतम,प्यूठान माघ १९ ।
प्यूठान जिल्लामा एक नवजात शिशुको शब बेवारिसे अवस्थामा भेटिएको छ । प्यूठानको नौबिहिनी गाउँपालिका वडा नम्बर ५ डाम्रीमा भेटिएको वेवारिसे सव कुनै अविवाहित महिला द्वारा बच्चा जन्मने बित्तिकै छाडेर भागेको र बच्चाले अनुकूल स्याहार नपाउदा ज्यान गएको हुनसक्ने अनुमान स्थानीयहरुले गरेका छन् ।
स्थानीय सन्तोष थापा मगरले हामीलाीई दिएको जानकारी अनुसार प्रहरी, प्रशासन र नागरिक समाजसहितको उपस्थितिमा बेवारिसे अवस्थामा मृत रहेको शिशुको शबलाई घटनास्थलबाट उठाइएको छ । तर, अहिलेसम्म कसरी, कसले शब फाल्यो भन्ने केही पत्ता लागेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend