साझा नेटवर्क
साझा नेटवर्क, १९ माघ–पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस
संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५९ जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २ हजार ४८९
रहेको छ ।
पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ६०० जना संक्रमण मुक्त भएका छन् ।
आज कोरोना बाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।
नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २९ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend