logo
  • सोमबार, असोज १२ २०८३

भारतले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, १९ माघ– भारतको आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक भएको छ ।
भारतले स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीता रमणले बजेट सार्वजनिक
गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिनुभएको हो ।
आउँदो आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ ।
भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा
गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ
छुट्याएको छ ।
यस्तै भारतले वायु प्रदूषण नियन्त्रणका लागि २२ अर्ब १७ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।
भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशत बाट बढाउँदै ७४ प्रतिशत पु¥याउने बताएको छ ।
त्यस्तै भारतले सन् २०२२ सम्म किसानहरूको आम्दानी
दोब्बर बनाउने योजना समेत बजेट मार्फत सार्वजनिक गरेको छ ।
भारतीय बीमा कम्पनीको आईपीओ आउँदो आर्थिक वर्ष जारी गर्ने बजेटमा उल्लेख छ ।
साथै ७५ वर्षभन्दा माथिका मानिस लाई करमा पूर्णतया छुट दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend