साझा नेटवर्क
साझा नेटवर्क १९ माघ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नियमित तर्फ परीक्षामा ११ हजार १६९ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् ।
यस्तै, ११ हजार २२१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याएका छन् ।
यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।
४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा
हेर्न सकिने छ
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिर बाट सुरु भएको थियो ।
परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend