साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी भदौ ८ ।
गुल्मीको वामीका स्थानीय हरु बाँदर र भालुको मकैमा भइरहेको आतँकले आजित भएका छन । उत्पादन गरी भित्राउनै लागीरहेको मकैबारीमा बाँदर र भालुको आतकं बढेपछि स्थानीय हरु आजित तथा चिन्तित भएका छन ।
वामी ५ लम्तरीको माथिल्लो भेगका स्थानीयहरुलाई भालुले सताएको छ भने तल्लो भागका स्थानीयहरुलाई बाँदर तथा सारो ले सताएको छ ।
भालुले एकै रातमा ३ देखी ४ डोका सम्ममा मकै खाने गरेको वामी ५ का स्थानीय कुशल शर्माको भनाइ रहेको छ ।
भालुको आतँक प्रत्येक दिन जस्तै हुने गरेको हुनाले स्थानीयहरु राती राती मकै बारीमा पुगी होहल्ला गर्ने, छाप्रो बनाइ आगो लगाएर छोड्ने, टिन बजाउने गर्ने गरेको कारण केही रुपमा कमी आएको उनीहरुको भनाई छ ।
त्यसैमाथी सारोले पति मकै खाइदिदा उनीहरु थ्प मर्कामा परेका छन । आफु निकै दुख गरेर उत्पादन गरेको मकै जँगली जनावरले खाइदिदाँ निकै पिडा हुने गरेको शर्माको भनाइ रहेको छ ।यस्तै वामी ५ लम्तरीकौ तल्लो बेल्टका स्थानीयहरुमा भने बाँदरको ठुलो आतकँ रहेको छ ।
वामीका अन्य ठाँउहरु काफ्लटोला, ठुलाखर्क, घैयारा, पुरानागाँउ लगायतका क्षेत्रमा पनि स्थानीयले उत्पादन गरेको मकैबालीमा बाँदर हरु रजाइँ गर्ने गरेका छन ।बाँदर लगार्न जाँदा मानिसलाई नै लगार्न खोज्ने गरेका छन ।
बाुढाबुढी तथा केटाकेटी वा एक्लै लगार्न जाँदा मानिसहरुलाई नै बाँदरहरुले लगार्ने गरेको स्थानीयहरुले बताएका छन ।बाँदरले मकैमा मात्र होइन अन्य मौसमी तरकारी बालीहरुमा पनि रजाइ गर्ने गरेका छन ।
आफुले उत्पादन गरेका अन्न बाली जनावरले खाइदिदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend