साझा नेटवर्क
प्रिन्स मिश्रा ,कृष्णनगर कपिलवस्तु । अत्याधिक चिसो बढेपछि बॉर्डर आउट पोस्ट भिल्मीले सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ िचिसो र शितलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित बन्न पुगेकोले बिओपी भिल्मीले विभिन्न स्थानहरुमा दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको बॉर्डर आउट पोस्ट भिल्मीका प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ ।

उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले आफूले कर्मा चौक,भिल्मी चौक,कुशवा लगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए । बिओपी भिल्मीले सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ र चिसो कम नहुन्जेल सम्मा यसलाई निरन्तरता दिने प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend