logo
  • सोमबार, असोज १२ २०८३

सामुदायिक मेलमिलापकर्ता तथा न्यायीक समितिका लागि दुई दिने पुनर्ताजगी तालिम संचालन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान माघ १६ ।

गौमुखी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक मेलमिलापकर्ता तथा न्यायीक समितिका लागि दुई दिने पुनर्ताजगी तालिम आज देखि पुजा लिवासेमा संचालन भएको छ । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा प्रमुख अतिथि प्युठान जिल्ला अदालतका न्यायाधीश माननिय श्रीमान श्यामलाल घिमिरे रहनु भएको थियो भने स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारले राख्नु भएको थियो । सो कार्यक्रममा बोल्दै माननिय जिल्ला न्यायाधीश श्रीमान श्यामलाल घिमिरेले मानवीय जीवनमा हरेक समस्या आइपर्ने भएकाले शान्तिपूर्ण तवर बाट समस्याको समाधान हुने,मेलमिलाप गरि न्याय दिलाउन प्युठानका सबै स्थानीय तहका मेलमिलापकर्ता र न्यायीक समितिले अहम भुमिका खेलेकोले १५ प्रतिशत विबाद प्युठान जिल्ला अदालत र ८५प्रतिशत विबाद स्थानीय तहका न्यायीक समिति र मेलमिलापकर्ताले मिलाएको बताउनु भयो ।त्यसैगरि सो कार्यक्रममा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले संविधानले स्पष्ट रूपमा न्यायीक क्षेत्रको ब्यबस्था गरेकोले समस्याको समाधान र विबाद निरुपण गर्न मेलमिलाप सफलताको सुचक रहेकाले न्यायीक समिति र मेलमिलापकर्ताको भुमिका रहेकोले आफ्नो क्षेत्र अधिकार भित्र रहि समस्या समाधान गर्न अनुरोध गर्नु भयो ।पुनर्ताजगी तालिमको सहजीकरण प्युठान जिल्ला अदालतका स्रेस्तेदार बिरेन्द्र प्रकाश खड्का र बैतर्निक वकिल निमा गिरिले सहजीकरण गर्नु भएको छ । भने गौमुखी गाउँपालिकाका सबै वडाका मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend