साझा नेटवर्क
– लोकेन्द्र जि सी,गौमुखी मा बि ठूलाबेसी,प्युठान ।
चर्हाउदैछ उहीँ घाउको,खाटो नबिर्सनु ।
स्वाधिनता र आफ्नो धर्ती,माटो नबिर्सनु ।
फर्किएर हेर पाइला,चुहिदैछ रगत ।
सडक मै छ मेरो रगत,टाटो नबिर्सनु ।।
चुनौतीले बाटो छेक्लान,होलान धेरै घुम्तीहरु
सहिदले देखाएको,बाटो नबिर्सनु ।
जनता सत्ता एक सिक्काका,दुई पाटा भन्थ्यौ,
अपुरो छ एउटा पाटो,अर्को पाटो नबिर्सनु ।।
झुपडीले पुर्याएथ्यो,महल माथी तिमीलाइ,
महल शीत झुपडीको, नातो नबिर्सनु ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend