साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं माघ १३ ।
लोक प्रिय गायक रामचन्द्र चन्द र माया सारुको आवाजमा (मैना कोही आफ्नो छैन) बोलको गीत सार्बजनिक भएको छ । पछिल्लो समय मौलिक लोक लयमा आधारित गितहरुको कमि भैरहेको अवस्थामा विशुद्ध मौलिक लोक लयमा आधारित गित बजारमा सार्वजनिक भएको हो ।
गीतमा एक प्रेम जोडीको प्रेम कथालाई बडो सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । गीतमा शब्द सुर्य न्यौपानेको रहेको छ भने लय कमल खनालको रहेकाे छ । साथै संगीत संयोजन रामचन्द्र चन्द आफैले गरेका छन् । उक्त म्युजिक भिडियोेमा गान्धीभ सुबेदी, रुपा कंडेल ,सर्मिला अर्याल र दिप्सन केसीको अभिनय रहेको छ ।
गीत रामचन्द्र चन्दको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend