logo
  • शुक्रबार, असोज ९ २०८३

प्रमिता राजघतानीको मोडलिङ मोह


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, माघ १३।
नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल/नायिका हुन प्रमिता राजघतानी । मोडलिङ सुरु गरेको छोटो समयमानै दुई दर्जन भन्दा बेसी म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनले टेलिसिरियल, ब्यापारिक एड तथा चलचित्रमा समेत पाईला टेकेकी छिन।

प्रमिता अहिले चलचित्रकर्मीहरुको रोजाइमा समेत परेकी छिन । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल नायिका हुन प्रमिता राजघतानी । उनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन ।

मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी प्रमिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । सुपर नेक्स्ट टप मोडलमा फर्स्ट रनरअपको उपाधि समेत हात पार्न सफल उनले विभिन्न राष्ट्रिय स्तरमा हुने कार्यक्रममा आफ्नो नृत्य तथा अभिनय प्रस्तुत गरिसकेकी छिन ।

ब्याचलर सेकेण्ड ईयरमा अध्यनरत मोडल प्रमिता राजघतानी अभिनय तथा नृत्यमा पोख्त हुनुको साथै सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन ।

सिन्धुपाल्चोकमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी मोडल प्रमिता राजघतानी हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी मोडल प्रमिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मोडल प्रमिता राजघतानी अभिनयमा पोख्त छिन । प्रमिताले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि प्रमिता बताउछिन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend