logo
  • सोमबार, असोज १२ २०८३

डायस्पोराको लागि निर्माण ‘नेपाली भाषा पाठ्यक्रम’ विमोचन सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं माघ १२ ।

साहित्य परिषद भूटानले एक भर्चुअल कार्यक्रमका बिच “डायस्पोराको लागि नेपाली भाषाको पाठ्यक्रम’ सार्वजनिक गरेको छ । कार्यक्रम परिषद्का अध्यक्ष गंगाराम लामिटारेको सभापतित्वमा भारत,भूटान,नेपाल लगायत डायस्पोराका विभिन्न देशहरूका प्रतिनिधि,भाषा साहित्य प्रेमी र विद्वत्वर्गहरूको सहभागीतामा सम्पन्न भएको हो ।डायस्पोराको लागि पहिलो तहको पुस्तक ‘नेपाली भाषा पाठ्यक्रम’ तयार गरि आज साहित्य परिषद् भुटानले भर्चुल माध्ययमबाट विमोचन गरेको हो । यो पुस्तक परिषद्को शिक्षा विभागले तयार पारेको हो । कार्यक्रममा खगेन्द्र भण्डारी ‘जन्तरे’को स्वागत मन्तब्यबाट सुरु भएको थियो । डा लक्ष्मि नारायण ढकालले आफ्नो मन्तब्य दिंदै शिक्षक र अभिभावकसंगको सर्वेक्षण गरी उक्त पाठ्यक्रम निर्माण भएको जनाउनु भयो । साथै उक्त पाठ्यक्रमा अर्का सदस्य सोम आचार्यले विध्यार्थी केन्द्रित पाठ्य सामाग्री निर्माण भएको कुरा बताउनु भयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक खिम खतिवडाले नेपालमा प्रकाशित पाठ्य पुस्तक, उतैको नेपाली परिवेसको चित्रण भएका कारण डायस्पोरामा त्यसले सार्थक नहुने र यो कृति अमेरिकाको ‘क्रेटिट सिस्टम’मा जाने पाठ्यक्रम निर्माण भएको बताउनु भयो ।

१ सय ४६ पृष्ठको उक्त किताबमा ४५ वटा पाठ्योजना र ३ वटा प्रश्नपत्र रहेका छन् । विमोचन पश्चात् किताबलाई नेपाली भाषा पढाइ हुने अमेरीका, क्यानडा लगायतका देशमा पठनपाठ्न हुने ठाउँमा आवश्यकता अनुसार पुर्याउने योजना छ । ४५ हप्तामा सहिने यो शिक्षक निर्देसीका पुस्तकमा पाठ्यक्रम, पाठ्ययोजना र पाठ्य वस्तु छन् । यस कार्यक्रममा गोमा अधिकारी, तारा दाहाल, र सञ्चमान खालिङले आफ्नो शिक्षण अनुभुति सुनाउनु भएको थियो ।शिक्षा विद- एवं समाजका अग्रजहरूले भाषाको पठन-पाठनको यस अभियानमा सवैको सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रमका मुख्य अतिथि लामो समयसम्म कारितास नेपालमा शिक्षा विभाग्मा काम गरेका लोकनाथ पोख्रेल , अतिथि प्रो.हरिप्रसाद अधिकारी, डा.गोविन्द रिजाल आदि वक्ताहरूले प्रवासमा रहेर भूटानीहरूले गर्दैगरेको भाषा साहित्यको योगदानको सराहना गरे ।

साथै ‘जि बि एल ओ’का अध्यक्ष डेम्जोङ साम्पाङले उक्त कार्यको प्रसंसा गर्दै आफू हातेमालो गरि नेपाली भाषाको अध्यापन गराउन विभिन्न संघ संस्थासंग एकृकित भएर जोडिनेछौं भन्नु भयो । यसरी नै डा. खेम नेपालले परिषद् भित्र पाठ्यक्रमको बोर्ड आगामि दिनमा अघि लान सकिन्छ भन्ने निवेदन गर्नु भयो । साथै सोहि कार्यक्रममा ‘छन्द संगम’ नामक पुस्तक पनि विमोचन भयो। हरि निरौलाको उक्त कविता कृतिमा ३५ छन्दलाई गण विधान सहित प्रस्तुत गरिएको छ । क्यारिटस नेपालका निर्देशक लोक पोख्रेल, भुटान समचार सेवाका पत्रकार बुद्धिमणि ढकाल, प्रा. हरिप्रसाद अधिकारी र डा. गोविन्द रिजाल आदि गरि ५२ जनाको उपस्थिती थियो ।

उक्त कार्यक्रम खेम रिजालको उत्घोषणमा थियो। प्रतेक व्यक्तीलाई ३ मिनेट छुट्याईएको कार्यक्रम २ घण्टा ३६ मिनेटसम्म चलेको थियो । नारायण मिश्रले सुनकोश टिभीबाट प्रतक्ष प्रसारण गर्नु भएको थियो । साहित्य परिषदका अध्यक्ष गंगा लामीटाले कार्यक्रम समापन गर्नु भयो ।

Seen by Journalist at Monday 23:38
Aa

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend