logo
  • सोमबार, असोज १२ २०८३

जिल्ला बाल संगठन गुल्मीका पदाधिकारीद्वारा पदभार ग्रहण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

स्वर्णिम बस्नेत,गुल्मी माघ १२ ।

जिल्ला बाल संगठन गुल्मीको एक औपचारिक कार्यक्रमको बिच पदभार ग्रहण गरिएको छ । बाल मन्दिरको सभा हलमा बाल संगठनका सभाध्यक्षको उपस्थितिमा अध्यक्ष केसर बहादुर थापा,सचिव दुर्गा पाण्डे र कोषाध्यक्ष ज्ञान कुमारी बिश्वकर्माद्वारा पदभार ग्रहण गरिएको हो । प्रमुख अतिथी जिल्ला प्रमुख अधिकारी रुद्रादेवी शर्मा ,बिशेष अतिथी रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारी रहेको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी ,प्रेस संगठनका संयोजक ज्ञानु महतरा सहित जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रबिण श्रेष्ठ लगायत शसस्त्र प्रहरी प्रमुख, नेपाली सेना र अनुसन्धान कार्यालयका प्रमुखको समेत सहभागिता रहेको थियो । साबित्रा आचार्य र चोलराज शर्माको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा अध्यक्ष केसर थापाले बाल संगठनको नालीबेलि राख्दै बाल संगठनको संन्चालन  २०४९ को बिधान अन्तर्गत रहेर गरिने बताए । बिधानमा प्रमुख जिल्ला अधिकारी संरक्षक हुने ब्यवस्था रहेको छ ।त्यस्तै प्रमुख अथिती समेत रहेकी प्रमुख जिल्ला अधिकारी शर्माले बालसंगठनले बालबालिकाको सर्वाङिण बिकास र संरक्षणमा भुमिका खेल्नुपर्ने भन्दै अनाथ,सडक बालबालिका र हिंसामा परेका बालबालिकाको उद्दारमा लाग्दै उनिहरुको पोषण ,शिक्षामा ध्यान दिनुपर्ने बताउदै ,आफुले त्यसमा  सहकार्य गर्न तत्पर रहेको जानकारी दिइन । यस  अघि पैतिस बर्ष लगातार नन्दराम भुषाल अध्यक्ष रहेर बाल मन्दिर चलाएको देखिन्छ । यो सहित नेपालभर दस वटा मात्रै बाल मन्दिर रहेका छन । हाल यसको केन्द्रीय अध्यक्ष बिधा न्यौपाने रहेकी छिन । यो तसर्थ समितिले तीन महिनाभित्र जिल्ला सभा गरि कार्यसमितिलाइ पुर्णता दिने अख्तियारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend