logo
  • सोमबार, असोज १२ २०८३

भगवती युवा क्लब द्वारा अक्षय कोषको स्थापना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी माघ १२ ।

शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत श्री भगवती युवा क्लब धुर्कोट गाउँपालिका -३ हाडहाडे गुल्मीले श्री जनज्योति आधारभुत विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । विद्यार्थीहरुलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप त्यसबाट प्राप्त हुने ब्याज बाट केहि रकम र प्रशंशा पत्रले सम्मान गर्ने योजना अनुरुप उक्त विद्यालयमा रु दश हजारको अक्षय कोषको स्थापना गरिएको हो ।विद्यालय प्रथम, विद्यालय द्वितीय, विद्यालय तृतीय, अनुशासित र सरसफाइमा ख्याल गर्ने पाँच जना विद्यार्थीहरुलाइ पुरस्कृत गर्ने योजना अनुरुप बिद्यालय ब्यबस्थापन समिति संगको सहकार्यमा स्थापना गरिएको क्लबका सदस्य प्रकाश खत्रीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष यस के . सि ले हाम्रो क्लबको तर्फबाट प्रदान गरिने उक्त पुरस्कार राशी र सम्मान पत्रले विद्यार्थीहरुमा पढाइप्रती प्रतिस्पर्धाको भावना जगाउँदै शैक्षिक स्तर उकास्न सहज पुर्याउने विश्वास व्यक्त गर्नुभयो । यसरी नै हाडहाडे भित्रका सम्पुर्ण विद्यालयहरुमा अक्षयकोष संचालन गर्ने तयारी रहेको अध्यक्ष के सि ले बताउनुभयो ।

साथै कार्यक्रमको लागि आर्थिक सहयोग गर्नुहुने आदरणीय समाजसेवी भरत खत्री, आदरणीय समाजसेवी पितम जि सि, आदरणीय समाजसेवी रोशन खड्का ज्यु लाई विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरुको सहयोगले नै यो कार्य सम्भव भएको क्लबका सचिव सरोज खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend